१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय अपाङ्ग कोषको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको ३० औँ अन्तराष्ट्रिय दिवस सम्पन्न



अ+ अ-

काठमाडौँ । समाज कल्याण परिषद्को राष्ट्रिय अपाङ्ग कोषले बिभिन्न कार्यक्रम गरी अपाङ्गता भएका व्यक्तिहरुको ३० औँ अन्तराष्ट्रिय दिवस मनाएको छ । काठमाडौंको भृकुटीमण्डपमा एक ‍औपचारिक सत्रको आयोजना गरी कोषले उक्त अन्तराष्ट्रिय दिवसको आयोजना गरेको हो । 

हाम्रो प्राथमिकता आधार अपाङ्गता भएका व्यक्तिको अधिकार भन्ने राष्ट्रिय नारा र "Leadership and participation of persons with disabilities toward an inclusive, accessible and sustainable post Covid-19 World" भन्ने अन्तराष्ट्रिय नाराको साथ यो दिवस मनाइएको हो ।

कोषले उक्त दिवसको अवसरमा अपाङ्गता भएका २० जनालाई २१ वटा सहायक सामाग्रीहरु जस्तैः सेतो छडि, वाकर, बैशाखी, एल्बो क्रच, कृतृम हात लगायतको सामाग्री वितरण गरिएको र कोषबाट नियमित रुपमै अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक सहायक सामाग्रीको नापजाँच, उत्पादन तथा बितरण एवं फिजियोथेरापी सेवा प्रदान भइरहेको आयोजकले जनाएको छ । 

यस्तै कोषले अपाङ्गता बिद्यार्थी प्रतिभा पुरस्कार रु १० हजार १ रुपैयाँले २०७७ सालको एस.ई.ई. मा सर्वाधिक अङ्क ल्याउनु  हुने शारीरिक अपाङ्गता भएका बिद्यार्थी श्री तपश्वी जगदेव सेकेन्डरी स्कूल सर्लाहीका रबि गिरी (४.०० जिपिए) बहिरा बिद्यार्थी तर्फ श्री धवलागिरी बहिरा आवसिय माध्यमिक विद्यालय वाग्लुङका बहिरा बिद्यार्थी सचिन लुइटेल (३. ५२ जिपिए ) दृष्टिविहिन बिद्यार्थीतर्फ श्री महाविर जनता माध्यमिक विद्यालय सर्लाहीका दृष्टिविहिन विद्यार्थी श्रीराम राय (४.०० जिपिए) रहनुभएको छ । 

यस्तै अन्य पुरस्कारका विधाहरु र राशी यसप्रकार रहेको छ–

अपाङ्गता भएका शिक्षक सम्मान राशी ५ हजार १ रुपैयाँ
१. शारीरिक अपाङ्गता तर्फ शिक्षकः श्री यमनाथ सुवेदी, विगत २८ बर्षदेखी अध्यापनरत रहनुभएकोलाई प्रदान

२. बहिरा अपाङ्गता तर्फ शिक्षकः श्री बिष्णु कार्की, विगत ७ बर्षदेखी अध्यापनरतलाई प्रदान

३. दृष्टिविहिन अपाङ्गता तर्फ शिक्षकः श्री बिष्णु माया बि.क,  बिगत ३० बर्षदेखि अध्यापन गर्दै आउनुभएकोलाई 

हेमगंगा शारीरिक अपाङ्ग प्रतिभा पुरस्कारः राशी ५ हजार १ रुपैयाँ
कलाकारिताको माध्यमबाट समाजमा सन्देश दिई आफुलाई समाजमा स्थापित गर्न सफल हुनु भएका प्रिया बि.क को योगदानलाई कदर गर्दै  हेम गंगा शारीरिक अपाङ्ग प्रतिभा पुरस्कार सहित सम्मान पत्र प्रदान 

समाजलाई सकारात्मक बाटोमा हिडाउने र पिडितलाई मार्गदर्शन गर्ने उद्देश्यका साथ विभिन्न पुस्तक प्रकाशनका साथै नेतृत्वदायी भुमिका निभाउँदै आउनु भएका कृष्ण प्रसाद भण्डारीको योगदानलाई कदर गर्दै हेम गंगा शारीरिक अपाङ्ग प्रतिभा पुरस्कार प्रदान

धन इन्दिरा बहिरा प्रतिभा पुरस्कार राशी ५ हजार १ रुपैयाँ
कलाकारिताको क्षेत्रबाट विश्व किर्तिमान राख्दै बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्न सफल हुनु भएकी सुजल बमलाई निजको प्रतिभाको उच्च सम्मान गर्दै धन इन्दिरा बहिरा प्रतिभा पुरस्कार प्रदान गरिएको 

चन्द्रकुमार भट्टराई नेत्रहिन प्रतिभा पुरस्कार राशी ५ हजार १ रुपैयाँ
विभिन्न साँगितिक क्षेत्र तथा खेलकुद क्षेत्रहरुमा योगदान पुर्याई विभिन्न क्षेत्रमा मनोनित तथा पुरस्कृत हुन सफल भएका कुमार खत्री पौडेलको योगदानलाई कदर गर्दै चन्द्रकुमार भट्टराई नेत्रहीन प्रतिभा पुरस्कार प्रदान गरिएको 

इश्वरी मोनी बौद्धिक अपाङ्ग प्रतिभा पुरस्कार राशी ५ हजार १ रुपैयाँ
विभिन्न संघ संस्थामा आवद्ध रहि समाजमा विशेष दक्षता प्रदर्शन गर्न सफल हुनु भएका हेलेना श्रेष्ठलाई निजको प्रतिभाको उच्च मूल्याङ्कन गर्दै इश्वरी मोनी बौद्धिक अपाङ्ग प्रतिभा पुरस्कार प्रदान गरिएको

ज्योति के सी मेरुदण्ड पक्षघात महिला सम्मान अपाङ्ग प्रतिभा पुरस्कार राशी ५ हजार १ रुपैयाँ
विभिन्न संघ संस्थामा कार्यरत साथै विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागी भई समाजमा उल्लेखनिय योगदान पुर्याउन सफल हुनुभएको लक्ष्मी कुँवरलाई ज्योति के सी मेरुदण्ड पक्षघात महिला सम्मान अपाङ्ग प्रतिभा पुरस्कार प्रदान गरिएको । 

कलाकालर हरिप्रसाद शर्मा स्वरोजगार सहयोग पुरस्कार वितरण राशी ५ हजार १ रुपैयाँ

श्री गणेश प्रसाद यादवलाई स्वरोजगार व्यवसाय गर्न सहयोग स्वरुप कलाकार हरिप्रसाद शर्मा स्वरोजगार सहयोग सहित प्रमाण पत्र 

कार्यक्रममा कोषको प्रबन्ध समिति सदस्य रमेश पोख्रेलले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा कोषको संक्षिप्त विवरणबारे कोषको प्रशासन अधिकृत  सुनिता पौडेलले जानकारी गराउनुभयो । 

दिवसको अवसरमा मन्तव्य राख्दै अतिथीहरुले अपाङ्गता भएका व्यक्तिहरुको अन्तराष्ट्रिय दिवस र राष्ट्रिय अपाङ्ग कोषको स्थापना दिवसको शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँहरुले अपाङ्गता भएका व्यक्तिहरुको वृहत्तर हित र सर्वाङ्गीढ बिकासका लागि सबै क्षेत्र र सबै तहबाट सहकार्य समन्वय र सहजीकरण हुनुपर्ने बताउँदै अपाङ्गता भएका व्यक्तिहरुको पुनर्स्थापनाको मुद्धाको मुलभुत रुपमा सम्बोधन र व्यवहारिक कार्यान्वयनको सुनिश्चितता नहुँदासम्म अपाङ्गता भएका व्यक्तिहरुले आफ्नो आवाज बुलन्द गर्न छोड्न नहुने बताउनुभयो । 

अपाङ्गता भएका व्यक्तिहरुको उक्त अन्तराष्ट्रिय दिवसको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा राष्ट्रि अपाङ्ग महासङ्घ नेपालको संघिय अध्यक्ष मित्रलाल शर्मा समाज कल्याण परिषद् सञ्चालन कार्यालयका प्रमुख राम राज भट्टराई, राष्ट्रिय ज्येष्ठ नागरिक कोषको सभापति बसन्त कार्की, राष्ट्रिय स्वास्थ्य कोषको सदस्य सचिव सुनिता भण्डारी, ह्याण्डिक्याप इन्टरनेशनलबाट कञ्चन भण्डारी र बिना पण्डित यस्तै गरि बोधिसत्व बिहारका प्रतिनिधी सचिन श्रेष्ठ, राष्ट्रिय बहिरा महासंघका महासचिव सन्तोष के.सी., बौद्धिक अपाङ्गताको अभिभावक महासंघका अध्यक्ष राजु बस्नेत, राष्ट्रिय शारीरिक अपाङ्ग महासङ्घका अध्यक्ष बालकृष्ण गैरे, अपाङ्गता भएका महिलाहरुको महासंघको अध्यक्ष निर्मला धिताल, कोषका प्रबन्ध समिति सदस्य अक्कल सिंह रावल लगायतको सहभागिता रहेको उक्त कार्यक्रम कोषको सदस्य सचिव सुष्मा कार्कीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । 

कार्यक्रमको सभाध्यक्षता राष्ट्रिय अपाङ्ग कोषका सभापति रमेश लामाले गर्नुभएको थियो ।