३१ जेष्ठ २०८३, आईतवार
,
Latest
बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा पर्सामा एक सय किलो गाँजा पक्राउ दुर्गा प्रसाईं राजासंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्, नयाँ पार्टी उहाँकै नेतृत्वमा अघि… प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाको एकता प्रक्रिया अन्योलमा, छलफल नै हुन सकेन्



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तल्लो तहको एकता प्रक्रिया केही दिन लम्बिने भएको छ । यसै सातादेखि एकता विषयमा छलफल हुने भनिएको थियो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि अमेरिका जानु भएपछि एकता प्रक्रियामा एकसाताका लागि लम्बिएको हो । उहाँको भ्रमण सातदेखि १० दिनसम्म रहेको छ । अध्यक्ष प्रचण्ड अमेरिकाबाट फर्केपछि मात्र सचिवालयको बैठक बस्ने भएको छ ।

सचिवालयका सदस्य वामदेव गौतमले भन्नुभयो, ‘एकताको विषयमा पार्टीमा कुनै छलफल भएको छैन । कार्यदलले हालसम्म प्रतिवेदन पनि बुझाएको छैन । अब अध्यक्ष प्रचण्ड अमेरिकाबाट नफर्केसम्म सचिवालयको बैठक बस्दैन होला ।’
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच जेठ ३ गते एकीकरण भएको थियो । मूल कमिटी मात्र एकीकरण गरेका नेकपाले सम्पूर्ण एकता प्रक्रिया तीन महिनाभित्र टुङ्गो लगाउने निर्णय गरेको थियो । त्यसका लागि विभिन्न कार्यदल पनि बनाइएको थियो तर लामो समयसम्म कार्यदलले एकता प्रक्रिया टुङ्ग्याउन सकेन । यो समाचार गोरखापत्रमा प्रकाशित छ ।