१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपकराजको काम : रवि लामिछानेको नाम, धुर्मुस–सुन्तली फाउन्डेसन बदनाम !



अ+ अ-

कलाकार तथा फिल्म निर्देशक दीपकराज गिरीले केहि दिन अगाडि दर्शकहरूको चाहना बमोजिम छक्का पन्जा २ फिल्म हलमा लगाउन लाएको बताएका थिए । उनले मार्च १५ मा सामाजिक संजाल फेसबुकमा एउटा स्टाटस लेख्दै सो कुरा बताएका थिए ।

उनले स्टाटसमा लेखेका थिए– दर्शकहरूको चाहना बमोजिम छक्का पन्जा २ नेपालमा बैशाख १३ गते पुन स् प्रदर्शन हुदैछ । बिदेशमा रहनु हुने दर्शकका लागि सोहि महिना हेर्ने ब्यबस्था मिलाइदैछ ……जय नेपाली चलचित्र

तर उक्त स्टाट्स लगतै फेसबुकमा पैसन कमाउने मेलो लगाएत नकारात्मक कमेन्ट आउन थालेपछि उनले न्युज–२४ का सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता अर्थात पत्रकार रवि लामिछानेको नाम जोडेर आलोचनाबाट बच्ने कोशिस गरिरहेका छन् ।

उनले उक्त आलोचनाबाट बच्नको लागि केहि साना ठूला अनलाइन मिडियाहरुको प्रयोग गरेर आफ्नो चलचित्र कमाउनको लागि नभई रवि लामिछानेले बनाउन लागेको अस्पातलको लागि भन्दै समाचार प्रकाशन गर्न लगाए ।

गिरीले बुधबार (आज) फेसबुकमा नै स्टाट्स लेखे र भने छक्का पन्जा २ पुन प्रदर्शन बैशाख १३ गते यसबाट उठेको रक़म को ठूलो हिस्सा रवि लामिछानेले निर्माण गर्दै गरेको अस्पताललाइ जानेछ । फिल्ममा नयॉ दृश्यहरू पनि हेर्न पाउनु हुनेछ । हेप्पि होली तर पहिलार्नै लगाई सकेको फिल्म किन लगाउन लाग्नु भो भनेर आजपनि उनको फेसबुकवालमा कमेन्ट्को बर्षा हुनथालेपछि उनि कड्किएका छन् ।

राज घिसिङले फेसबुकमा कमेन्ट् गरे- यो कुरा रियल हो भने अस्ति नै किन क्लियर पार्नु भएन ? जब कि अहिले बिरोध हुँदा चाहि रवि दाइको नाम लिनुहुन्छ ? भनेर कमेन्ट गरे ।

उनको कमेन्टमा गिरीले लेखे बिरोध किन ? मैले मेरो चलचित्र ५ पटक दोहोर्याएर देखाउन सक्छु नि होइन ? तर यसअधि यहि कुराको प्रश्नमा उनले लेखे थिए यो देश हल्ला गरेर पैसा जम्मा गर्नेको मात्रै होइन् । आफ्नो पैसाले समाज सेवा जसले गर्छ उसको पनि हो ।

यसपछि उनि थप आलोचित भएका छन् । उनले यो कुरा धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुर महानगरपालिकामा बनाउन लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ तर्फ इगित गरेको त होइन भन्ने प्रश्न उठाएका छन् ।