१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लवका कार्यकर्तालाई समात्न हिँडेको प्रहरी अफिम खेती फाँडेर फर्कियो



अ+ अ-

कालिकोट । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आपराधिक र विध्वंशकारी समूह घोषणा गरेपछि उसका कार्यकर्ताहरुलाई समाउन हिँडेका प्रहरीको टोली अफिम खेती फाँडेर फर्किएको छ । विप्लव समूहको अखडा मानिएको कालिकोटमा सरकारले उनिहरुलाई कारवाही गर्ने धोषण गरेपछि प्रहरी समात्न भन्दै गाँउगाँउ पुगेको थियो ।

जिल्ला प्रहरी कार्यलय कालिकोटबाट मंगलवार खटिएको प्रहरी टोलिले खाडाचक्र नगरपालीका –२का बिभिन्न क्षेत्रमा लगाईएका अफिम खेती नष्ट गरेको हो । कालिकोटका प्रहरी निरिक्षक देवेन्द्र मल्लका अनुसार उक्त नगरपालीकामा रहेको मान्म,पञ्चदेवल,गैरीगाँउ भन्ने क्षेत्रमा दूई रोपनीमा लगाइएका अफिम नष्ट गरिएको छ ।

तीन बर्ष अधिसम्म खेतीपाति गर्दै आईरहेका स्थानीय अहिले अफिम खेतीमा लागेको निरिक्षक मल्लले बताए । हाल त्यहाँ ८० देखि ९० बिगामा अफिम खेती भइरहेको र अन्य ठाँउको पनि पहिचान गर्ने काम भइरहेको मल्लले बताए ।