६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाउँपालिकाका अध्यक्षको नै दुईवटा नागरिकता, छानविन गर्न माग गर्दा अस्वीकार



अ+ अ-

रोल्पा । गाउँपालिकाको जनप्रतिनिधिको नागरिकताका बारेमा छानबिन गरिने भएको छ । राष्ट्रिय सभामा जनताबाट निर्वाचित प्रतिनिधिले नै नक्कली नागरिकता बनाए भ्रममा राखेको आवज उड्न थालेपछि छानविन गर्न लागिएको हो ।

एक साता अधि बुेको राष्ट्रिय सभाको बैठकमा सांसद अनिता देवकोटाले विशेष समय मागेर रोल्पाको गंगादेव गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीले फरक–फरक नाममा नागरिकता लिएको खुलाएकी थिइन् । उनले उक्त बिषयमा जिल्ला प्रशासनलेछानविन गरिरहेको बताएपनि प्रशासनले कुनै जानकारी सार्वजनिक नगरेको बताइन्।

अध्यक्ष खत्रीले दुईवटा नागरिकता लिएको भन्दै उनीसँग कांग्रेसका तर्फबाट प्रतिस्पर्धी रहेका हरिबहादुर पुनले गत वर्ष माघ १७ मा जिल्ला प्रशासनमा उजुरी गरेका थिए । पुनले उजुरीमा उल्लेख गरेअनुसार खत्रीले २०४२ मंसिर १० मा भिउदे खत्रीको नामबाट ३८९२ नम्बरको र २०४६ वैशाख १५ मा वीरबहादुर खत्रीको नामबाट १८६ नम्बरको नागरिकता लिएका थिए । उजुरीपछि प्रशासनबाट थप प्रमाणित गर्न ललितपुरस्थित खुमलटारमा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा दुवै नागरिकता पठाइएको थियो ।

प्रशासनले नागरिकताका सक्कल कागज अनुसन्धानका लागि गत असोज २६ मा परीक्षण गर्न विधि विज्ञान प्रयोगशालामा पठाएको थियो । आरोपी अध्यक्ष खत्री उक्त कुरा स्वीकार गर्न तयार छैनन् ।