३१ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे सहमति प्रस्ताव स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाउँपालिकाका अध्यक्षको नै दुईवटा नागरिकता, छानविन गर्न माग गर्दा अस्वीकार



अ+ अ-

रोल्पा । गाउँपालिकाको जनप्रतिनिधिको नागरिकताका बारेमा छानबिन गरिने भएको छ । राष्ट्रिय सभामा जनताबाट निर्वाचित प्रतिनिधिले नै नक्कली नागरिकता बनाए भ्रममा राखेको आवज उड्न थालेपछि छानविन गर्न लागिएको हो ।

एक साता अधि बुेको राष्ट्रिय सभाको बैठकमा सांसद अनिता देवकोटाले विशेष समय मागेर रोल्पाको गंगादेव गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीले फरक–फरक नाममा नागरिकता लिएको खुलाएकी थिइन् । उनले उक्त बिषयमा जिल्ला प्रशासनलेछानविन गरिरहेको बताएपनि प्रशासनले कुनै जानकारी सार्वजनिक नगरेको बताइन्।

अध्यक्ष खत्रीले दुईवटा नागरिकता लिएको भन्दै उनीसँग कांग्रेसका तर्फबाट प्रतिस्पर्धी रहेका हरिबहादुर पुनले गत वर्ष माघ १७ मा जिल्ला प्रशासनमा उजुरी गरेका थिए । पुनले उजुरीमा उल्लेख गरेअनुसार खत्रीले २०४२ मंसिर १० मा भिउदे खत्रीको नामबाट ३८९२ नम्बरको र २०४६ वैशाख १५ मा वीरबहादुर खत्रीको नामबाट १८६ नम्बरको नागरिकता लिएका थिए । उजुरीपछि प्रशासनबाट थप प्रमाणित गर्न ललितपुरस्थित खुमलटारमा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा दुवै नागरिकता पठाइएको थियो ।

प्रशासनले नागरिकताका सक्कल कागज अनुसन्धानका लागि गत असोज २६ मा परीक्षण गर्न विधि विज्ञान प्रयोगशालामा पठाएको थियो । आरोपी अध्यक्ष खत्री उक्त कुरा स्वीकार गर्न तयार छैनन् ।




भर्खरै