६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यरातमा श्रीमानले गरे श्रीमतीमाथि खुकुरी प्रहार, घटनास्थलमै गयो ज्यान



अ+ अ-

मलंगवा । आफ्नै श्रीमानले खुकुरी प्रहार गर्दा एक महिलाको ज्यान गएको छ। सर्लाहीको बरहथवामा नगरपालिका–५ मा उदयपुर सुरुङ्गाका रामजी विश्वकर्माले ३३ वर्षीया श्रीमती सुनिता विश्वकर्मामाथि खुकुरी प्रहार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहारी उपरीक्षक गोपालचन्द्र भट्टराईका अनुसार राती साँढे १० बजेतिर रामजीले श्रीमती सुनितामाथि खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट सुनिताको घटनास्थलमै ज्यान गएको थियो। प्रहरी नियन्त्रणमा रहेका रामजीले श्रीमतीले आफूलाई खुकुरीले प्रहार गर्न खोज्दा प्रतिकारमा उनको मृत्यु भएको बताएका छन् ।

मृतक सुनिताको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक भट्टराईले बताए ।