१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तिममा सम्हालिन नसक्दा मनाङसँग बराबरीमा रोकियो संकटा



अ+ अ-

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबले बराबरी खेलेका छन् । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा संकटाले मनाङसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । 

संकटाका लागि निरज बस्नेत र उत्तम राईले एक/एक गोल गरे भने मनाङका लागि दयानन्द सिंह र फ्रान्कलिन क्वेटाले एक/एक गोल गरे ।

खेलको ३० औं मिनेटमा निरजले गोल गर्दै संकटालाई सुरुवाती अग्रता दिलाए । लक्ष्मण रुचालको फ्रिकिक पासमा निरजले हेडरमार्फत गोल गरेका हुन् ।  

खेलको ३५ औं मिनेटमा दयानन्दले गोल गर्दै मनाङलाई १–१ गोलको बराबरीमा ल्याए । दयानन्दले हेडरमार्फत गोल गरे ।

खेलको ७० औं मिनेटमा उत्तमले गोल गर्दै संकटालाई २-१ को अग्रता दिलाए । दोस्रो हाफमा सुवास गुरुङको स्थानमा मैदान प्रवेश गरेका उत्तमले उत्कृष्ट गोल गरे ।

खेलको इन्जुरी समयमा फ्रान्कलिनले गोल गर्दै मनाङलाई हारबाट जोगाए । बराबरीसँगै मनाङले ३ खेलमा ७ अंक जोडेको छ । मनाङ दोस्रो स्थानमा यथावत रहेको छ । संकटा भने ५ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ ।

खेलमा संकटका टाम्पी अर्नेस्ट म्यान अफ दि म्याच चुनिए भने संकटाकै जय गुरुङ इमर्जिङ प्लेयर घोषित भए । आज नै दोस्रो खेल अन्तर्गत ४ः४५ बजे च्यासल युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुँदैछ ।