१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मालीमा आतंकवादी हमलामा परी दर्जनौँको ज्यान गयो



अ+ अ-

एजेन्सी । मालीको मध्य क्षेत्रमा पर्ने सोंगो गारे नामको एक सानो सहरमा आतंककारीहरुले हमला गरेर दर्जनौँ नागरिकको ज्यान लिएका छन् । सो क्षेत्रमा भएको हमलामा परी दर्जनौँको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।  उनीहरुले सो क्षेत्रमा गुडिरहेको एक बसमा हमला गरेका थिए । त्यस हमलामा परेर दर्जनौँ व्यक्तिको ज्यान गएको बताइएको छ तर त्यसमा परेका व्यक्ति कतिजना हुन् भन्ने बारेमा भने अझै खुलेको छैन ।

अधिकारीहरुका अनुसार अज्ञात समूहमा आएका हतियारधारी आतंककारीहरुले गुडिरहेको बसमा आगो लगाइदिएका थिए । सो बसमा रहेका ३३ जना यात्रुको शरीर पूरै जलेको अवस्थामा पाइएको थियो । ती मध्ये अधिकांशको ज्यान गइसकेको बताइएको छ ।तर सरकारले यस विषयमा कुनै पनि जानकारी दिएको छैन । तीमध्ये प्रायः सबैको ज्यान गएको अनुमान गरिएको समाचारमा आएको छ तर यस विषयमा सरकारले केही बताएको छैन ।

त्यस स्थानमा केही समय अघिदेखि नै आतंककारीहरुले हिंसात्मक क्रियाकलापहरु गर्दै आएका थिए । यस पछिल्लो हिंसाको बारेमा कुनै आतंककारी समूहले पनि कुनै जानकारी दिएको छैन । सरकारी अधिकारीहरुले ठूलो मानवीय क्षति भएको बताएका छन् तर यस विषयको यकिन तथ्यांक दिएका छैनन् ।