६ श्रावण २०८३, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउसी भैलोबाट संकलित रकम क्यान्सर पीडितलाई सहयोग



अ+ अ-

तनहुँ । जिल्लाको भिमाद नगरपालिका–६ स्थित माझटार निवासी पाठेघरको क्यान्सरबाट ग्रसित पवित्रा नेपालीलाई न्यु होराइजन क्लब भिमादले आर्थिक सहयोग प्रदान गरेको छ । 

सहयोग रकम ग्रहण गर्दै नेपालीले सो सहयोगबाट आफू निकै खुशी रहेको बताइन् । आर्थिक अवस्था कमजोर रहेको उनले उपचार गर्नको लागि सबैसँग सहयोगको अपेक्षा गरेकी छन् 

हिन्दुहरुको दोस्रो महान चाड तिहारको अवसरमा आयोजना गरेको देउसी भैलोबाट संकलित मध्य रु. १० हजार रुपैयाँ सहयोग गरेको क्लबले जनाएको छ । 

पछिल्लो समय देउसी भैलो कार्यक्रम आयोजना गर्ने र उक्त कार्यक्रमबाट संकलित रकम भ्रमण , वनभोज जस्ता कार्यमा मात्र खर्चिने गरेकाले युवा पुस्तालाई सामजिक कार्यमा अग्रसर हुन प्रेरित गर्नको लागी सहयोग गरेको कार्यक्रम संयोजक सुनिल श्रेष्ठले बताए । 

देउसी भैलोबाट संकलित रकम मनोरञ्जन सँगसँगै सामजिक कार्यमा संग्लन हुन उनले सुझाब दिएका छन् ।