• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए ★   लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने

‘विप्लव’का मोरङ जिल्ला इन्चार्ज तथा मिर्मिरे एफएमका सञ्चालक पक्राउ



विराटनगर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मोरङ जिल्ला इन्चार्ज
घनश्याम श्रेष्ठ ‘पुष्कर’ पक्राउ परेका छन्। श्रेष्ठलाई प्रहरीले बुधबार बिहान सुन्दरहरैंचा नगरपालिकाको गोठगाउँबाट पक्राउ गरेको हो।

उदयपुर घर भएका श्रेष्ठ पक्राउ परे पनि प्रहरीले आधिकारिक पुष्टि भने गरेको छैन। द्वन्द्वकालीन समयमा माओवादीका ब्युरो सदस्य श्रेष्ठ काठमाडौंस्थित मिर्मिरे एफएमका पूर्वअध्यक्ष समेत हुन्।

मध्यक्षेत्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’लाई पक्राउ गरेको तीन दिन नबित्दै प्रहरीले कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ ‘पुष्कर’लाई प्रहरीले पक्राउ गरेको हो।

श्रेष्ठसहित दुई जनालाई प्रक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। स्रोतले भन्यो, ‘पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुनसरी-मोरङ क्षेत्रबाट श्रेष्ठसहित दुई जना पक्राउ परेका छन्, अहिले सबै नभनौं।’

सुनसरी-मोरङ क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको स्रोतले जनाएको छ। अर्का एक जनाको नाम र घटनाको विस्तृत जानकारी प्रहरीले दिएको छैन।