३१ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे सहमति प्रस्ताव स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘विप्लव’का मोरङ जिल्ला इन्चार्ज तथा मिर्मिरे एफएमका सञ्चालक पक्राउ



अ+ अ-

विराटनगर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मोरङ जिल्ला इन्चार्ज
घनश्याम श्रेष्ठ ‘पुष्कर’ पक्राउ परेका छन्। श्रेष्ठलाई प्रहरीले बुधबार बिहान सुन्दरहरैंचा नगरपालिकाको गोठगाउँबाट पक्राउ गरेको हो।

उदयपुर घर भएका श्रेष्ठ पक्राउ परे पनि प्रहरीले आधिकारिक पुष्टि भने गरेको छैन। द्वन्द्वकालीन समयमा माओवादीका ब्युरो सदस्य श्रेष्ठ काठमाडौंस्थित मिर्मिरे एफएमका पूर्वअध्यक्ष समेत हुन्।

मध्यक्षेत्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’लाई पक्राउ गरेको तीन दिन नबित्दै प्रहरीले कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ ‘पुष्कर’लाई प्रहरीले पक्राउ गरेको हो।

श्रेष्ठसहित दुई जनालाई प्रक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। स्रोतले भन्यो, ‘पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुनसरी-मोरङ क्षेत्रबाट श्रेष्ठसहित दुई जना पक्राउ परेका छन्, अहिले सबै नभनौं।’

सुनसरी-मोरङ क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको स्रोतले जनाएको छ। अर्का एक जनाको नाम र घटनाको विस्तृत जानकारी प्रहरीले दिएको छैन।




भर्खरै