काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले एसईई परीक्षा र नेपाल बार एसोसिएसनको चुनाव परेकाले आउँदो शनिबारका लागि घोषणा गरेको बन्द फिर्ता लिएको छ ।
त्यस दिन एसईई परीक्षा र नेपाल बार एसोसिएसनको चुनावलाई असर गर्ने भएको भन्दै परीक्षा नियन्त्रण कार्यालय र नेपाल बार एसोसिएसनको बन्द फिर्ता लिन आग्रह गरेका थिए ।
महासचिव चन्दले बुधबार विज्ञप्ति जारी गर्दै बन्द फिर्ताको घोषणा गरेका हुन् । बुधबारै मानव अधिकार आयोगले पनि बन्द फिर्ता लिन र शान्तिपूर्ण रूपमा आफ्ना गतिवधि गर्न यो समूहलाई आहवान गरेको थियो ।