१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपामा नेतृत्व: थापालाई पछि पार्दे लिङदेनको अग्रता



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि अहिले मतगणना जारी छ । हाल सम्म गणना भएको मत परिणाम अनुसार राजेन्द्र लिङदेनले अग्रता लिनु भएको छ । निर्वतमान अध्यक्ष्ँ कमल थापालाई पछि पार्दे लिङदेनले अग्रहता लिनु भएको हो ।

बिहान ३ बजे बाट सुरु भएको र बिहान  ६ बजे सम्म तीन हजार मत गणना गर्दा लिङदेनको पक्षमा १३७१ र थापाको १२५४ मत आएको छ । ३३९ मत बदर भएको छ । नयाँ नेतृत्व तथा पदाधिकारी चयनका लागि भएको निर्वाचनमा राप्रपाका झण्डै ४४ सय महाधिवेशन प्रतिनिधि रहेका थिए ।

तर मतदान प्रक्रियामा ३८ प्रतिनिधिमात्र सहभागी भएका थिए ।  अध्यक्षको मतगणना सकिएपछि अन्य पदको मतगणना हुने राप्रपा बिर्नाचन समितिले जनाएको छ ।