१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

समृद्धिको आधार र संरचना तयार भएको छः प्रधानमन्त्री ओली



अ+ अ-


काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले समृद्धिका लागि सबैखालकाआधार र संरचनातयार भएको बताउनुभएको छ ।
काठमाडौंमाआज रिपोर्टर्स क्लव नेपालको २१ औं वार्षिकोत्सवको अवसरमाआयोजितकार्यक्रमलाई सम्बोधनगर्दै प्रधानमन्त्रीओलीले असहज अवस्थामा कानुन निर्माण र संरचना बनाइएको बताउनुभयो ।“समायोजन सहज थिएन, तर सकेका छौं, कानुनबनाएका छौं, संविधान कार्यान्वयन गर्ने कानुन र संरचना निर्माणमा सफलता प्राप्त गरेका छौं,” उहाँले भन्नुभयो, “समृद्ध नेपाल ः सुखी नेपालीको सबै आधार तयार भएको छ ।”
समृद्ध नेपालआफैं बनाउन सक्षम रहे पनि समय लाग्ने भएकाले विदेशीसँग सहकार्य गर्ने प्रयत्न गरेको प्रधानमन्त्रीले बताउनुभयो । “त्यसका लागि लगानी सम्मेलन उत्साहजनक ढगले सम्पन्नग¥यौं, राष्ट्र एक ठाउमा रह्यो,” उहाँले भन्नुभयो,“सम्पूर्ण प्रयास एक दिशा र एक आवाजका साथ बढेको सन्देश पनिदिएका छौं ।”
प्रधानमन्त्रीले नेपालमाद्वन्द्वचर्काउने प्रयास पटक पटक भएपनि त्यस्त ाप्रयास असफल बनाइएको उल्लेख गर्नुभयो । “हाम्रो देशमा विभिन्न नाममा द्वन्द्व चलाउने, फाटो लगाउने, अनेक नाममा लडाउन खोज्ने पृथकताका सोचहरुलाई अन्त्य गरेका छौं,” उहाँले भन्नुभयो, “अब देश पृथकतावाद, टुक्र्याउनुपर्छ भन्ने माग नरहेको अवस्थामा छ । एकजुट अवस्थामा छ ।”
प्रधानमन्त्री ओलीले अहिलेको अवस्था जसरी पनि विरोध र जसरी पनि समर्थन गर्नुपर्ने अवस्थामा नरहेको भन्दै सकारात्मक सोच राख्न प्रेरित गर्नुभयो । “सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रस्तुत हुने युवाले हामी विकसित दुनियाँका सन्तान भन्दा पनि सभ्य र सुसंस्कृत समाजका हौं भन्ने भुल्नु हुँदैन,”उहाँले भन्नुभयो, “ हामीले आफ्नो समाज,इतिहास र सभ्यता विकासको परम्परा र गौरवलाई भुल्नु हुदैन ।”