२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
लागुऔषध नियन्त्रणमा राज्यका निकायको ‘मिलेमतो’ र कमजोर संरचनाप्रति सांसद दुलालको चिन्ता नेपालमा लागुऔषध दुर्व्यसनीको सङ्ख्यामा वृद्धिः १९ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिहरू चपेटामा मकवानपुरको भीमफेदी–बैदमार जीप दुर्घटनामा इन्जिनियरसहित चालकको मृत्यु काठमाडौँका यी १७ ठाउँमा ३ दिनसम्म दैनिक साढे ३ घण्टा विद्युत् आपूर्ति बन्द हुने प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने देशलाई सधैँ कति सगरमाथा र गौतमबुद्धको नामले मात्रै चिनाइरहने ? – मन्त्री पौडेल चलचित्रकर्मीहरूको भावना समेट्ने गरी ऐन निर्माण गर्न सरकार प्रतिवद्धः मन्त्री तिमिल्सिना सगरमाथाको सफल आरोहण गर्ने अधिवक्ता सुधिज्ञ पन्त एएनओद्वारा सम्मानित पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त विश्वकप उद्घाटन समारोहः कसले प्रस्तुति दिँदैछन्, कहिले सुरु हुन्छ, कसरी हेर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाट बजारको उद्घाटन गर्न गएका प्रधानमन्त्रीलाई लिनजान मन्त्रीहरुको हानथाप



अ+ अ-

काठमाडौँ । प्रदेश २ को बारा र पर्सामा आइतबार साझ आएको भीषण हावाहुरीको क्षतिको बारेमा निरीक्षण गर्न प्रधानमन्त्री केपि शर्मा ओली सहित चार मन्त्री जाने भएका छन् ।

प्रधानमन्त्री ओलीलाई लिन सुरक्षा निकायका प्रमुखहरु सहित गृहमन्त्री रामबहादुर थापा ‘बादल’,स्वास्थ्यमन्त्री उपेन्द्र यादव, सहरी विकास मन्त्री मोहम्द इस्तियाक राई र भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ काठमाडौँबाट झापा हुँदै बारा जान लागेका हुन् ।

झापाबाट प्रधानमन्त्रीसँगको टोली बाराको हावाहुरी पीडित क्षेत्रको निरीक्षणमा जानेछ ।

प्रधानमन्त्री ओली आइतबार मात्रै गृहनगर दमकको दुई दिने भ्रमणमा निस्केका थिए । गृहनगरको दुई दिने बसाईमा प्रधानमन्त्री ओली उद्घाटन कार्यक्रममै व्यस्त रहने क्रार्यक्रम थियो ।

तर आइतबार साँझ हावाहुरीका कारण बारा र पर्सामा ३२ जनाको मृत्यु भएपछि ओलीले सम्पूर्ण क्रर्यक्रम रद्द गरेका हुन् ।ओलीले मंगलबारेमा रहेको मदनभण्डारी स्मृति प्रतिष्ठानको रजतजयन्ती शुभारम्भको उद्घाटन गर्ने भएका थिए ।

त्यस्तै, उर्लाबारीको कार्यक्रममा सहभागी भएपछि दमक नगरपालिकाको प्रशासनिक भवनको अपरान्ह ३ बजे समुद्घाटन गर्ने कार्यतालिका रहेको थियो ।

त्यस्तै प्रधानमन्त्री ओलीले सोमबार पशुपंक्षी हाट बजारको उद्घाटन गर्ने बताइएको थियो ।




भर्खरै