७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकासको काम तीव्र गतिमै बढेको छ, यसरी काम भए ‘सुखि नेपाली, समृद्धि नेपाल’को लक्ष्य हासिल गर्छु : प्रम



अ+ अ-

दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन नेपालको विकास तीव्र गतिमा अघि बढिरहेको बताएका छन् । उनले यसरी नै विकासका कामहरु बढ्दै गएका छिट्टै “सुखि नेपाली, समृद्धि नेपाल”को लक्ष्य हासिल गर्ने सक्ने बताए ।

झापाको दमक–७ स्थित पशुहाट क्षेत्रमा नवनिर्मित पशुपक्षी हाटबजारको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई आज सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले मुलुकलाई अब समृद्ध र समुन्नत बनाउने महाअभियानमा सबै जुट्नुपर्ने बताए ।

देशको विकासमा कृषि क्षेत्रको भूमिका महत्वपूर्ण भएको बताउदै ओलीले भने, “कृषि बजारलाई व्यवस्थित बनाउँदै यसको विकास गर्न वर्तमान सरकार प्रयत्नशील छ ।” देशको विकासमा सबैको सहभागिता भएमात्र देश विकासको प्रतिफल प्राप्त हुने उनको भनाइ थियो ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले पशुपक्षी हाटबजारको प्रशासनिक भवन तथा बजारको समेत उद्घाटन गरेका थिए।

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, दमक नगरपालिका प्रमुख रोमनाथ ओलीको सहभागिता थियो ।