१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रक्सी र चुरोटमा कुन घातक ! यस्तो छ तथ्य



अ+ अ-

काठमाडौं । एक अध्ययनमा खुलेअनुसार एक हप्तामा सात सय ५० मिलिलिटर मादक पदार्थ पिउँदा क्यान्सर हुने खतरा उत्तिकै हुन्छ, जति हप्तामा महिलाले १० वटा र पुरुषले पाँच वटा चुरोट पिउँदा हुन्छ।

बेलायतका सोधकर्ताहरुले निकालेको तथ्यअनुसार मादकपदार्थ पिउनेको तुलनामा चुरोट पिउनेलाई क्यान्सर हुने जोखिम बढी हुन्छ। विशेषज्ञहरु महिलालाई एक सातामा १४ युनिटभन्दा बढी मादकपदार्थ नपिउन सल्लाह दिन्छन्।

१४ युनिट भनेको ६ बोतल वियर र ६ ग्लास वाइन हो। मादक पदार्थको सेवनले महिलामा ब्रेस्ट क्यान्सर र पुरुषमा पेट र लिभरको क्यान्सरको खतरा हुन्छ। यो खबर आजको शुक्रबार साप्ताहिकले छापेको छ।