२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
समतालाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी प्रतिपक्षको आन्दोलन यथावत छ, बजेटका लागि मात्र सहजीकरण गरिएको होः सांसद राजेन्द्र राई मल अभाव हुन नदिन सरकार तत्पर छः मन्त्री चौधरी वैध सम्पत्ति देखाउन नडराउनुस्, गलत कमाइ गर्ने मात्रै डराउँछन् : आयोग अध्यक्ष भण्डारी दाँतको उपचारका लागि पूर्वप्रधानमन्त्री ओली शिक्षण अस्पतालमा १,३८८ मेगावाटका ३८ जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न सिफारिस माइतीघरमा धर्नारत पीडितसँग गृहमन्त्री सुधन गुरुङको भेट सांसद अर्यालले भनिन्ः बजेटले गरिबी सम्बोधन गर्न सकेन, वर्गीय खाडल बढाउने खतरा छ बजेटले नेपालको माटो चिन्न सकेन, किसान–मजदुरको मर्म बुझेनः नेकपा सांसद दुलाल अर्थमन्त्रीलाई काँग्रेस सांसद रानाको कटाक्षः ‘वीपीलाई आदर्श मान्ने अर्थमन्त्रीले बजेट बनाउँदा गाउँको झुपडीमा बस्नेलाई बिर्सिनुभएछ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल : पञ्जाबद्धारा हैदरावाद ६ विकेटले पराजित



अ+ अ-

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किंग्स इलाभेन पञ्जाबले सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गरेको छ ।

आफ्नै घरेलु मैदान मोहलीमा भएको खेलमा १५१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभर सकिन एक बल बाँकी छदा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

पञ्जाबको जितमा ओपनर लोकश राहुलले उत्कृष्ट पारी खेल्दै ५३ बलमा सात चौका र एक छक्का प्रहार गरी ७१ रनमा अविजित रहेँ । त्यस्तै, पञ्जाबका लागि मयंक अग्रवालले पनि अर्धशतक बनाए । उनले ५५ रन बनाएका थिए ।

खराब सुरुवात गरेको पञ्जाबले पहिलो विकेटको रुपमा क्रिस गेललाई १८ रन हुदा गुमाएको थियो । बलिङतर्फ सन्दीप शर्माले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १५० रन बनाएको थियो । हैदरावादका लागि डेभिड वार्नरले उत्कृष्ट प्रदर्शन गर्दै ६२ बलमा ६ चौका र एक छक्काको मद्दतमा ७० रन बनाएका थिए ।