
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किंग्स इलाभेन पञ्जाबले सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गरेको छ ।
आफ्नै घरेलु मैदान मोहलीमा भएको खेलमा १५१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभर सकिन एक बल बाँकी छदा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
पञ्जाबको जितमा ओपनर लोकश राहुलले उत्कृष्ट पारी खेल्दै ५३ बलमा सात चौका र एक छक्का प्रहार गरी ७१ रनमा अविजित रहेँ । त्यस्तै, पञ्जाबका लागि मयंक अग्रवालले पनि अर्धशतक बनाए । उनले ५५ रन बनाएका थिए ।
खराब सुरुवात गरेको पञ्जाबले पहिलो विकेटको रुपमा क्रिस गेललाई १८ रन हुदा गुमाएको थियो । बलिङतर्फ सन्दीप शर्माले दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १५० रन बनाएको थियो । हैदरावादका लागि डेभिड वार्नरले उत्कृष्ट प्रदर्शन गर्दै ६२ बलमा ६ चौका र एक छक्काको मद्दतमा ७० रन बनाएका थिए ।









