१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

त्रिभुवन विमानस्थलमा उडान भद्रगोल

त्रिभुवन विमानस्थलमा उडान भद्रगोल
अ अ+ अ-

काठमाडौँ । धावनमार्ग मर्मतका लागि हरेक दिन १० घण्टा बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दैनिक उडान व्यवस्थापनमा एकपछि अर्को गर्दै चरम लापरबाहीहरू देखिन थालेका छन् ।

राति १० बजेपछि उडान भर्न नमिल्ने सूचना ‘नोटिस टु एयर मिन’ (नोटाम) जारी भइसकेपछि विमानस्थल व्यवस्थापनले मंगलबार राति फ्लाई दुबईको बोइङ ७३७ विमानलाई उड्ने अनुमति दिएकामा महाप्रबन्धक राजकुमार क्षत्री अनुसन्धानमा तानिएका छन् ।

उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणले बुधबार छुट्टाछुट्टै स्पष्टीकरण सोधेका छन् ।

मंगलबार राति ८ः४० मा उडिसक्नुपर्ने फ्लाई दुबईको विमानले १०ः१७ मा धावनमार्ग छोडेको थियो । १०ः०१ मा ढोका बन्द गरेको विमानलाई एयर ट्राफिक कन्ट्रोलरले १०ः०३ मा स्टार्टअपको अनुमति दिएका थिए । १०ः०६ मा पुसब्याक गरिएको जहाजले धावनमार्ग छाड्दा १७ मिनेट ढिला भइसकेको थियो । एक साताअघि यस्तै अवस्थामा नेपाल वायुसेवाको विमानलाई भने उड्न दिइएको थिएन ।

अघिल्लो मंगलबार राति ९ः१५ को उडान तालिका भएको निगमको वाइडबडी विमानलाई विमानस्थलले नोटाम जारी भएको भन्दै १० बजेपछि दुबई उड्न रोकेको थियो । २ सय ७४ यात्रु रहेको विमान रोकिँदा डेढ सयभन्दा बढी यात्रु रातभर जहाजभित्रै बसेका थिए । विमान ११ घण्टापछि भोलिपल्ट मात्रै उडेको थियो ।

महाप्रबन्धक क्षत्री एयरपोर्ट काउन्सिल इन्टरनेसनलको एसियाली सम्मेलनमा भाग लिन हङकङमा गएकाले त्यतिबेला विमानस्थल व्यवस्थापन निमित्त महाप्रबन्धक सुरेशमान सिंहको नेतृत्वमा थियो । विमानभित्र रातभर यात्रु राखेको लगायत विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन भइरहेको छ ।

निगमको विमान र फ्लाई दुबईको विमान उडानमा फरक–फरक मापदण्ड अपनाइएको विषयबारे क्षत्रीलाई २४ घन्टे स्पष्टीकरण सोधिएको मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले जनाए । उनलाई बुधबारै स्पष्टीकरण बुझाउन भनिए पनि बेलुकीसम्म मन्त्रालयमा नआएको एक उच्च अधिकारीले बताए । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले पनि महाप्रबन्धक क्षत्रीलाई अर्को २४ घन्टे स्पष्टीकरण सोधेका छन् । उड्डयनकर्मीका लागि जारी गरिने सूचना ९नोटाम० लागू भइसकेपछि उडान अनुमति दिन मिल्दैन । कान्तिपुरबाट ।