१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

श्रीमती गायब भएपछि यी युवक खोजिमा भौतारिएका

श्रीमती गायब भएपछि यी युवक खोजिमा भौतारिएका
अ अ+ अ-

राजविराज । सँगै बाँच्ने, सँगै मर्ने कसम खाएर विवाह बन्धनमा बाँधिएकी श्रीमती गायब भएपछि सप्तरीका एक युवक यतिवेला श्रीमति खोज्दै भौतारिएका छन्।

पाँच वर्षसम्म आपसी प्रेम सम्बन्धपछि विवाह गरेकी श्रीमतिलाई उनका घरपरिवारले गायब बनाएको भन्दै बिष्णुपुर गाउँपालिका ५ का प्रदिपकुमार साह प्रहरी, प्रशासनमा दैनिक धाउने गरेका छन्।

गत असोज ५ गते प्रदिपले हनुमाननगर कंकालिनी नगरपालिका ६ रम्पुरा मल्हनियाकी २० वर्षीया रबीनाकुमारी यादवसँग अन्तरजातीय प्रेमविवाह गरेका थिए। उनीहरुले सप्तरी जिल्ला अदालतबाट माघ २३ गते नाताकायम समेत गरे। तर, अदालतबाट नाताकायम भएको महिना दिनमैै केटी पक्षबाट श्रीमतीलाई गायब पारेको साह बताउँछन्।

राजविराजको राजदेबी मन्दिरमा राजिखुसी विवाह र सप्तरी जिल्ला अदालतबाट नाताकायम गरी राजविराजस्थित डेरामा बसिरहेकै बेला फागुन २३ गते श्रीमतिलाई माईती पक्ष आएर गायब बनाएको प्रदिपको आरोप छ। प्रदिप भने काठमाडौं पढन गएका थिए। श्रीमतीलाई जबरजस्ती भारत बिहारको मधुबनी अन्धरामण्ठ मैन्हीमा बन्धक बनाई राखेको दावी गर्ने प्रदिप न्याय खोज्दै नेपाल र भारतका प्रहरीलाई गुहारी हिँडेका छन्।

उनले जिल्ला प्रहरी कार्यालय र पत्रकारहरुका साथै भारतको अन्धरामण्ठ मधुबनी थानामासमेत श्रीमतीको खोजतलास गरी पाउँ भन्दै हारगुहार गरेका छन्।

प्रदिप र रबीनाको पाँच वर्षअघि राजविराजस्थित मनोकामना बोर्डिङ्ग स्कुलमा पढदा भेंटघाट भयो। एक अर्कालाई माया गर्न थालेका उनीहरुले आपसी सहमतीमा विवाह गर्ने निर्णय गरे। एक कक्षा जुनियर रहेका प्रदिप कक्षा १२ मा र रबीना स्नातक प्रथम वर्षमा अध्ययनरत रहेका बेला उनीहरुले प्रेमविवाह गर्नुका साथै कानुनीरुपमा समेत विवाह दर्ता गरे।

“विवाह भएपछि सँगै बस्यौ।” प्रदिप भन्छन्–“एक अर्कालाई मन पराएर विवाह गर्न पाएका हामि दुबै खुसी थियौ।” श्रीमतीकै सल्लाह र पहलमा कानुनी रुपमा समेत विवाह पक्का गर्न अदालत गएको बताउने साह भन्छन्– “एक अर्कामा माया र विश्वासको कुरा थियो, जातको त कुरै थिएन तर अहिले उनका घरपरिवारले जात नमिलेको भन्दै अलग गर्न खोजेका छन्।”

उमेर पुगेकै कारण अदालतले उनीहरुलाई पति पत्नीको नाताकायम समेत दिएको उनले बताए। तर काठमाडौ आएको १० दिन नबित्दै श्रीमतीलाई फिल्मी शैलीमा कोठाबाटै गायब बनाइ भारत पु¥याएको उनको भनाई छ। प्रदिपका अनुसार, फरक जातको केटासँग बिहे गरेको भन्दै श्रीमतिका बुवा रबिन्द्रकुमार यादवसहित ठूलो वुवा, काकाहरुले कोठामा नै आएर उनलाई लिएर गए। त्यसपछि पनि श्रीमतीले फोन गरेर रुदै बिलौना गर्ने गरेको प्रदिप बताउँछन्।

शारिरीक र मानसिक यातना खेपिरहेकी श्रीमतिको अत्तोपत्तो माईती परिवारले नदिएको र सम्पर्क गर्न समेत नदिएको प्रदिप बताउँछन्। तीन वर्षसम्म एक अर्कालाई बुझेर विवाह गरेकी श्रीमतीले आफूलाई नछाडने भएकीले नै उनका माइती पक्षले आफूलाई सम्पर्क गर्न नदिएको प्रदिपले बताए। जिल्ला प्रहरी कार्यालयमा उजुरी गर्दै प्रदिपले भने–“माईती पक्षले मानसिकरुपमा धम्क्याएर सम्बन्ध विच्छेदका लागि अदालतसम्म ल्याए पनि श्रीमतिले सहीछाप नगरेपछि सम्पर्कविहिन बनाउन भारततर्फ लगेर गए।” उनले एसपी राजेन्द्र विष्टसमक्ष आँशु खसाउँदै भने– “उनका बुवालाई भनेर एकपटक मात्र श्रीमतिसँग भेट गराई दिनुस्।”

जिल्ला प्रहरी कार्यालयले सामाजिक रुपमा बसेर मिल्नुस भन्ने जवाफ दिएपछि साहले भारतीय प्रहरी गुहारेका छन्। भारतको अन्धरामण्ठ मधुबनी थानामा साहले विवाहिता श्रीमतिको माइती पक्षले ज्यान मार्ने धम्की दिदै जबरजस्ती गर्न लागेको अर्को विवाह रोकी न्याय गर्न माग गरेका छन्। अन्नपुर्ण पोष्टबाट ।