१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीको आर्थिक गतिविधि अपारदर्शी छ : नेता सिंह



अ+ अ-

काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिंहले पार्टीको आर्थिक गतिविधि अपारदर्शी भएको आरोप लगाएका छन् । पार्टीका कोष पारदर्शी ढंगले राख्न सके कांग्रेस थप प्रभावकारी हुने बताएका सिंहले आर्थिक हिसाबले पार्टी सधैं पारदर्शी हुनुपर्ने बताए ।

कांग्रेस जिल्ला कोषाध्यक्षहरुको पोखरामा आयोजित तेस्रो राष्ट्रिय भेलामा सहभागी हुन आइपुगेका सिंहले पार्टी आर्थिक गतिविधिमाथि प्रश्न उठाएका हुन् ।भेटमा कांग्रेसको कोष वृद्धि गर्नेदेखि पार्टीप्रति युवाको आकर्षण बढाउन आग्रह गरे।

‘जिल्लामा पार्टीको संगठन थप बलियो बनाउन लाग्नुहोस्,’ सिंहले भने।

विगतमा जनताले आशा भरोसा गरेको कांग्रेसप्रति आकर्षण कम हुँदै जानु गम्भीर समिक्षाको विषय भएको भन्दै उनले जिम्मेवार रुपमा सोचेर आ–आफ्ना जिलाका पार्टी संगठनका काममा लाग्न उनले कोषाध्यक्षहरुलाई निर्देशन दिए ।

आजदेखि सुरू हुने कोषाध्यक्षको भेला सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ।