३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा पर्सामा एक सय किलो गाँजा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओलीको नाम करप्रसाद ओली नै राख्नुपर्छ : देउबा



अ+ अ-

काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले पोखरामा पुगेर सरकारविरुद्ध फेरि कडा प्रतिक्रिया दिएका छन् ।

आफ्नो उपस्थिति नहुने भन्दाभन्दै पनि संवैधानिक परिषद्को बैठक राखिएको सरकारसँग उनको गुनासो थियो । ‘म आउन सक्दिन भन्दाभन्दै मिटिङ राखियो । म यसको विरोध गर्छु ।’ नेता देउवाले भने ।

साथै ओली सरकारले १ वर्षमा एउटा पनि राम्रो काम नगरेको आरोप उनले दोहोर्‍याएका छन् । ‘एउटा जिल्लाबाट अर्को जिल्लामा कुखुरा लैजाँदा पनि कर लगाएको छ’, देउवा भन्छन्, ‘केपी ओलीको नाम करप्रसाद ओली नै राख्नुपर्ने हो !’

प्रतिपक्षी नेता देउवाले निर्मला पन्तका हत्यारालाई बचाउने काम पनि सरकारबाटै भएको आरोप लगाए । प्रधानमन्त्री केपी ओलीले मनपरी गरेको तथा सेनामाथि पहिलोपटक हस्तक्षेप गरेको पनि उनको टिप्पणी थियो । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।




भर्खरै