

धरान । धरानबाट इटहरी आउदै गरेको कार दुर्घटना हुँदा ३ जानको मृत्यु भएको छ भने ७ जाना घाइते भएका छन् ।
शुक्रबार राती धरान ८ स्थित सेउती पुलमा बा २० च ४०७६ नम्बरको कारले मे १ त ६६९२ नम्बरको ट्याक्टरलाई ओभरटेक गर्नेक्रममा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा इटहरी ४ का अनिल श्रेष्ठ, धनकुटाका जनक बुढाथोकी र मदन लिम्बु रहेका छन् भने घाइतेहरूमा ट्याक्टरमा सवार झापा चन्द्रगडी ६ का दिल कुमार राजवंशी, मोरङ रंगेली २ मा बिनोद कार्की, झापा भद्रपुर ८ का कृष्ण राजवंशी रहेका छन् भने बसमा सवार धरान १८ की चन्द्रा राई धरान ११ बस्ने बर्ष २२की प्रभा राई , धरान १७ की सुक्रीकला राई, सारदा राई र पबित्रा बिष्ट रहेका छन् ।