२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

समृद्धि मुलुक कम्युनिष्ट नेतृत्वको सरकारले मात्र सक्छ : खनाल



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले जनताको आर्थिक विकास गरी मुलुकलाई समृद्धि बनाउन कम्युनिष्ट नेतृत्वको सरकारले मात्र सक्ने बताउनुभएको छ ।

काठमाडौँ महानगरपालिका–१५ ले नयाँ वर्ष २०७६ को उपलक्ष्यमा आज आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कर्यक्रममा पूर्वप्रधानमन्त्री खनालले सात दशक लामो प्रतिक्षापछि जनताले विकसित राष्ट्र निर्माणका लागि कम्युनिष्ट पार्टीलाई दुई तिहाई बहुमतको जनादेशसहित जिम्मेवारी प्रदान गरेको बताउनुभयो ।

देशमा भएका विभिन्न राजनीतिक आन्दोलनमा सक्रिय सहभागिता जनाएको कम्युनिष्ट आन्दोलनले लोकतन्त्र प्राप्तिमा निर्वाह गरेको भूमिका उल्लेखनीय रहेको बताउँदै उहाँले अब लोकतान्त्रिक मूल्य मान्यताको रक्षा र सामाजिक रुपान्तरणको अभिभारा कम्युनिष्ट सरकारको भएको बताउनुभयो ।

देशमा विद्यमान गरीबीको न्यूनीकरणका लागि उत्पादनशील क्षेत्रमा लगानी गरी रोजगारी वृद्धि गरिने उहाँको भनाइ थियो । नेताहरु अष्टलक्ष्मी शाक्य, जीवनराम श्रेष्ठ, कामपा प्रमुख विद्यासुन्दर शाक्यलगायतले स्थानीय विकास तथा पूर्वाधार निर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।