२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेस्सी र स्वारेजविना बार्सिलोनाले जित्न सकेन



अ+ अ-

काठमाडौं। स्पानिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना र हुएस्का गोलरहित बराबरीमा रोकिएका छन् । स्टार मेसी र सुअरेज लगायतका खेलाडीलाई आराम दिँदा बार्सिलोनाले पनि गोल गर्न सकेन ।

योसँगै ३२ खेल खेलेको बार्सिलोना ७४ अंकसहित पहिलो स्थानमा छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडले सेल्टा भिगोलाई २-० ले पराजित गरेको छ। जितसँगै एट्लेटिकोले ३२ खेलबाट ६५ अंकसहित बार्सिलोनासँग अंकदूरी ९ मा घटाएको छ ।
हुएस्का विरुद्धको खेलमा दुई दिनअघि च्याम्पियन्स लिगमा म्यानचेष्टर युनाइटेडलाई पराजित गरेको टोलीमा रहेका ११ मध्ये गोलकिपर मार्क टेर स्टेगनले मात्र खेलेका थिए ।

प्रशिक्षक एर्नेस्टो भालभेर्डेले मंगलबार क्याम्प नोउमा हुने च्याम्पियन्स लिग अन्तर्गत हुने क्वाटरफाइनलको दोस्रो लेग खेललाई मध्यनजर गर्दै कप्तान लिओनेल मेसी, लुइस सुआरेज, इभान राकीटिच, जेरार्ड पिके, सर्जियो बुस्केट्स र सर्जी रोबर्टोलाई आराम दिएका थिए ।