![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2019/04/weather-mausam.jpg)
काठमाडौं । देशको पूर्वी तथा मध्य भू –भागका केही स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना छ । उच्च हिमाली भूभागहरुमा हिमपातको सम्भावाना रहेको छ ।
साथै पूर्वी र मध्य तराईका केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै, देशको पूर्वी तथा मध्य भु–भागमा आंशिक देखि सामान्य बदली र पश्चिमी भु–भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी तथा मध्य भू–भागका केही स्थानमा र पश्चिमी पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ । उच्च हिमाली भूभागहरुमा हिमपातको सम्भावाना रहेको छ ।