१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी

नेपालको सगरमाथामा चीनको शौचालय

नेपालको सगरमाथामा चीनको शौचालय
अ अ+ अ-

काठमाण्डौँ । नेपालले अप्रिलदेखि जुनसम्मका लागि ४५ दिने सगरमाथा सफाइ अभियान सुरु गरेको छ। आफ्नो तर्फको सगरमाथाको ७ हजार २८ मिटरको उचाइमा चीनले वातावरण मैत्री शौचालय बनाउने भएको छ।

सिन्ह्वाका अनुसार ७ हजार २८ मिटरको उचाइ शिविर बाहेक ५ हजार २ सय, ५ हजार ८ सय र ६ हजार ५ सय मिटरको शिविरमा पनि शौचालय निर्माण गरिने छ। यी सबै शौचालय वसन्त सिजनको अन्तमा हटाइने छ। अप्रिलको आरम्भदेखि मे महिनाको अन्तसम्मको पर्वतारोहण अवधिलाई वसन्त सिजन भनिन्छ। यसैबीच चीनले केही फोहोर नछाड्ने सिद्धान्तलाई पछ्याउँदै यस पटक पनि वसन्त सिजनको अन्त्यमा सबै फोहोर तथा मानव मलमूत्र हटाउने वाचा गरेको छ।

विभिन्न शिविरमा शौचालयको निर्माणबाट मानव मलमूत्र संकलन गर्न सजिलो हुने भन्दै ७ हजार ५०० मिटरभन्दा माथिको उचाइमा पर्वतारोहीले कम खाने र धेरै ऊर्जाको आवश्यक्ता हुने भएकोले शौचालय आवश्यक नभएको तिब्बत पर्वतारोहण संघका पदाधिकारीले बताएका छन्। यसैबीच नेपालतर्फको सफाइ अभियानमा सगरमाथा क्षेत्रमा वर्षौंदेखि उठाउन नसकिएका शवलाई पनि उठाइने भएको सम्बन्धित निकायले जनाएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।