४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीमा बालकृष्णले पहिला भरतलाई फकाए, पछि पछारे



अ+ अ-

काठमाडौ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा संस्थापन  पक्षका उम्मेदबार भरतकुमार शाहलाई हराउदै इतर समूहका अमरसिंह पुन मगर विजयी हुनु भयो । पुनले ८५२ मत प्राप्त गर्दा संस्थापन पक्षका शाहले ७६७ मत प्राप्त गर्नुभयो ।

शाहले  ८५ मत प्राप्त  नगर्दा पराजीत हुनु भयो तर ८५ मत भित्र कांग्रेस नेता बालकृष्ण खाँणले चलखेल रहेको शाह निकट नेताहरुले आशंका गरेका छन् । शाह निकट एक नेताले भने भाइ रामकृष्ण खाँणलाई सभापति बनाउन बालकृष्ण खाँडले शाह लाई निकै फकाए ,उनलाई प्रदेश अध्यक्षमा जिताउने आश्वासन पनि दिए , शाहले सहयोग नगरेको भए रामकृष्ण निर्विरोध सभापति हुने अबस्था थिएन । तर प्रदेशका आफ्नो प्रतिद्धन्दी ठानेर खाँडले शाहलाई हराउन भूमिका खेल्नुभयो ।

मतदानको समय सम्म संस्थापक्षका मतदाताहरु शाहले जित्ने कुरामा ढुक्क जस्तै थिए  तर परिणाम उनिहरुले सोचेजस्तो आएन । परिणाम प्रतिकुल भएपछि धेरैले गृहमन्त्री समेत रहनु भएका नेता खाँड माथी शंका गरेका छन् ।

रुपन्देही क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य तथा संसदको लेखा समितिका सभापति समेत रहनु भएका शाह ४० वर्षदेखि पार्टी सक्रियपूर्बक क्रियाशिल हुनुहुन्छ । ती नेताले भने खाँडले शाह माथी गरेको व्यबहारले उहाँलाई आगामी महाधिबेशनमा अप्ठारो पर्न सक्छ । 

शाहको पराजयले लुम्बिनीमा संस्थापन समूहबाट नेताहरु बालकृष्ण खाँण, देवेन्द्रराज कँडेल, पुष्पा भुसाल, मानबहादुर बिक, दीपकुमार उपाध्याय, सुरेन्द्र हमाल, डिल्ली चौधरीसहितका नेताहरुलाई पार्टीभित्र थप कमजोर बनाउने छ । संस्थापन समूहबाट सम्भावित महामन्त्रीको उम्मेदवार खाँणलाई पनि आफ्नै प्रदेशमा पराजित हुनु प्रत्युत्पादक बन्न सक्छ ।