१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेन्जेमाको गोलमा रियल हारबाट जोगियो



अ+ अ-

काठमाडौं । जारी सिजन खराब लयमा गुज्रिरहेको स्पेनिस महारथी रियल म्याड्रिडले अर्को बराबरीको नतिजा निकालेको छ । फरवार्ड करीम बेन्जेमाको गोलमा रियल हारबाट जोगिएको हो ।

स्पेनिस ला लिगा अन्तर्गत सोमबार राति भएको खेलमा रियल म्याड्रिड लेगानेससँग १–१ को बराबरीमा रोकिएको हो । खेलभर रियलले लेगानेसलाई दवावमा राखेपनि गोल गर्न निकै संघर्ष गर्नुपरेको थियो । पहिलो हाफको अन्तिम समयमा जोनाथन क्रिस्टियन सिल्भाले गोल गरेपछि रियल खेलमा पछि परेको थियो ।

तर, ५१औं मिनेटमा रियलका करिम बेन्जिमाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि पनि रियालले बल पोजसन राखेपनि गोल गर्न असमर्थ बन्यो ।

बराबरीसँगै रियालको ला लिगा उपाधियात्रा निकै कमजोर बनेको छ । ला लिगामा ६ चरणको खेल बाँकी रहँदा रियाल शीर्षस्थानको बार्सिलोनाभन्दा १३ अंकले तथा दोस्रो स्थानको शहरी प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडभन्दा ४ अंकले पछि छ । लेगानेस ४१ अंक जोडेर ११औं स्थानमा छ ।