१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको महाधिवेशनमा पूर्वराजालाई जोडेर कार्यकर्ताको अपमान गरियोः राजेन्द्र लिङ्देन



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको आन्तरिक बिषयलाई दरबार संग जोड्नु गलत भएको बताउनु भएको छ ।

ज्योतिषले दिएको साईतमा पार्टी कार्यालय धुम्बाराहीमा  पदभार ग्रहण गर्दे अध्यक्ष लिङ्देनले भन्नुभयो  'मेरो बिजयमा राजलाई जोड्नु महाधिवेशन प्रतिनिधिप्रति को अबिश्वास र अपमान हो त्यसमा दुःख व्यक्त गर्दछु ।'

उहाँले भन्नुभयो 'पूर्ब अध्यक्षले कुन प्रसंगमा त्यस्तो भन्नुभयो यदि त्यसो भन्नुभएको भए त्यो दुर्भाग्यपुर्ण कुरा हो । ' निर्वाचनको परिणाम पछि अब सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाउदै तीन पूर्ब अध्यक्षको सम्मानमा उहाँहरु कार्यकक्षलाई यथावत नै राखेर अर्को कोठामा पदभार ग्रहण गरेको बताउनु भयो ।