६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार सेयर बजारमा हरियाली, कारोबारका आधारमा एनएमबि बैंक पहिलो स्थानमा



अ+ अ-

काठमाडौं । मंगलबार सेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत राम्रो सुधार देखिएको छ ।

कारोबार मापक नेप्से परिसूचक २३.३३ अंकले बढेर १ हजार १ सय १२ दशमलव ०५ अंकमा पुगेको छ ।

दिनभर भएका ८ हजार ९ सय ७८ कारोबारबाट १ सय ७० कम्पनीका २४ लाख ११ हजार ६ सय ५० कित्ता सेयर किनबेच भएका छन् ।

कारोबार रकमका आधारमा एनएमबि बैंक पहिलो स्थानमा देखिएको छ । यस बैंकको ६ करोड ७० लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

करिब ५ करोड रुपैयाँ सेयर कारोबार भएर एनआईसी एशिया दोस्रो स्थानमा देखिएको छ । प्रभु बैंक, सिभिल बैंक र नेपाल बैंक क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा देखिएका छन् ।