२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन: सुकुम्बासी परिवारसँग मागे माफी विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ विश्वकप उद्घाटनसँगै विवाद सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार सेयर बजारमा हरियाली, कारोबारका आधारमा एनएमबि बैंक पहिलो स्थानमा



अ+ अ-

काठमाडौं । मंगलबार सेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत राम्रो सुधार देखिएको छ ।

कारोबार मापक नेप्से परिसूचक २३.३३ अंकले बढेर १ हजार १ सय १२ दशमलव ०५ अंकमा पुगेको छ ।

दिनभर भएका ८ हजार ९ सय ७८ कारोबारबाट १ सय ७० कम्पनीका २४ लाख ११ हजार ६ सय ५० कित्ता सेयर किनबेच भएका छन् ।

कारोबार रकमका आधारमा एनएमबि बैंक पहिलो स्थानमा देखिएको छ । यस बैंकको ६ करोड ७० लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

करिब ५ करोड रुपैयाँ सेयर कारोबार भएर एनआईसी एशिया दोस्रो स्थानमा देखिएको छ । प्रभु बैंक, सिभिल बैंक र नेपाल बैंक क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा देखिएका छन् ।