२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार भियतनाममा पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गुबाट सङ्क्रमित
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरेलु मैदानमा युनाइटेडलाई हराउने दाउमा बार्सिलोना, पूरा होला त मेस्सीको सपना ?



अ+ अ-

काठमाडौं । च्याम्पियन्स लिग क्वाटरफाइनलको दोस्रो लेगमा आज म्यानचेस्टर युनाइटेड र बार्सिलोना आमनेसामने हुने भएका छन् ।

पहिलो लेगमा घरेलु मैदानमा १–० ले हारेर पछि परेको युनाइटेडलाई आज दोस्रो लेगमा बार्सिलोनाको मैदानमा खेलमा फर्कने दबाव बढेको छ ।

युरोपियन प्रतिस्पर्धामा अहिलेसम्म घरेलु मैदानमा भएको खेलमा बार्सिलोना युनाइटेडसँग हारेको छैन । चार खेलमा दुई खेल जितेको छ भने दुई खेलमा बराबरी गरेको छ ।

युरोपियन प्रतिस्पर्धामा अवे मैदानमा जितेको ४१ खेलमध्ये ३९ खेलमा अघिल्लो चरणमा पुगेको छ । साथै च्याम्पियन्स लिग खेलमा घरेलु मैदानमा बार्सिलोना ३० खेलमा अपराजित रहेको छ जुन कुनै पनि क्लबको भन्दा धेरै हो । जसमा २७ खेल जितेको छ भने ३ खेल बराबरी गरेको छ ।

युनाइटेडका प्रशिक्षक ओले गुनार सोल्सारले यसपटक कस्तो हुनेछ भन्ने मलाई थाहा छैन, हामी राम्रो नतिजाका लागि मेहनत गरिरहेका छौँ । फुटबलमा जे पनि हुन सक्छ’ भनेका छन् ।

बार्सिलोनाले बराबरी मात्रै गर्दा पनि सेमिफाइनल पक्का हुनेछ । तर प्रशिक्षक एर्नेस्टो भालभर्देले टिमलाई जिताउनका लागि मैदान पठाउने बताएका छन् ।

राति पौने १ बजे हुने बार्सिलोना र म्यानचेस्टर युनाइटेडबीचको खेल बार्सिलोनाको मैदान क्याम्प नाउमा हुने छ ।