
काठमाडौं । च्याम्पियन्स लिग क्वाटरफाइनलको दोस्रो लेगमा आज म्यानचेस्टर युनाइटेड र बार्सिलोना आमनेसामने हुने भएका छन् ।
पहिलो लेगमा घरेलु मैदानमा १–० ले हारेर पछि परेको युनाइटेडलाई आज दोस्रो लेगमा बार्सिलोनाको मैदानमा खेलमा फर्कने दबाव बढेको छ ।
युरोपियन प्रतिस्पर्धामा अहिलेसम्म घरेलु मैदानमा भएको खेलमा बार्सिलोना युनाइटेडसँग हारेको छैन । चार खेलमा दुई खेल जितेको छ भने दुई खेलमा बराबरी गरेको छ ।
युरोपियन प्रतिस्पर्धामा अवे मैदानमा जितेको ४१ खेलमध्ये ३९ खेलमा अघिल्लो चरणमा पुगेको छ । साथै च्याम्पियन्स लिग खेलमा घरेलु मैदानमा बार्सिलोना ३० खेलमा अपराजित रहेको छ जुन कुनै पनि क्लबको भन्दा धेरै हो । जसमा २७ खेल जितेको छ भने ३ खेल बराबरी गरेको छ ।
युनाइटेडका प्रशिक्षक ओले गुनार सोल्सारले यसपटक कस्तो हुनेछ भन्ने मलाई थाहा छैन, हामी राम्रो नतिजाका लागि मेहनत गरिरहेका छौँ । फुटबलमा जे पनि हुन सक्छ’ भनेका छन् ।
बार्सिलोनाले बराबरी मात्रै गर्दा पनि सेमिफाइनल पक्का हुनेछ । तर प्रशिक्षक एर्नेस्टो भालभर्देले टिमलाई जिताउनका लागि मैदान पठाउने बताएका छन् ।
राति पौने १ बजे हुने बार्सिलोना र म्यानचेस्टर युनाइटेडबीचको खेल बार्सिलोनाको मैदान क्याम्प नाउमा हुने छ ।









