२७ मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिर्पटले हानेर साथीको हत्या, ७ महिनापछि दुई युवा पक्राउ



अ+ अ-

सिन्धुपाल्चोक । चिर्पटले हानेर साथीको हत्यामा संलग्नको आरोपमा प्रहरीले मेलम्ची नगरपालिकाका दुई युवालाई ७ महिनापछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेलम्ची नगरपालिका–९ का ताहाबहादुर भण्डारी र विनोद गिरी रहेका छन् । उनिहरुले सोहि ठाँउको नवराज थापाको २०७५ असोज २० गते हत्या गरेका थिए ।

दुवै जनाले आफुहरुले नै हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले बताए ।