१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री निवासमा करोडको सिसिक्यामरा



अ+ अ-

काठमाडौँ । सरकारले प्रधानमन्त्रीनिवासमा एक करोड मूल्यका सिसिक्यामरा जडान गरेको छ । अर्थ मन्त्रालयका अनुसार विशेष भवन निर्माण तथा सम्भार डिभिजनका नाममा चैतमा एक करोड रुपैयाँ रकमान्तर निकासा भएको छ । यो रकम प्रधानमन्त्रीनिवास बालुवाटारमा सिसिक्यामरा जडानमा खर्च भएको हो ।

चैतमा मात्र अर्थ मन्त्रालयले आठ अर्ब ८४ करोड ८१ लाख रकमान्तर गरेको छ । त्यसमध्ये प्रधानमन्त्रीनिवासमा सिसिक्यामरा जडानका लागि एक करोड रकमान्तर भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यसबाहेक विभिन्न सडक आयोजनाका नाममा बढी रकम रकमान्तर भएको हो ।

अर्थ मन्त्रालय बजेट खर्च बढाउने सन्दर्भमा चैतपछि रकमान्तरका लागि उदार हुने गर्छ । चालू आर्थिक वर्षको फागुनमा १८ अर्ब रकमान्तर गरेको मन्त्रालयले चैतमा करिब नौ अर्ब रकमान्तर गरेको हो । दुई साताअघि नयाँ पत्रिकासँगको कुराकानीमा अर्थमन्त्री डा. युवराज खतिवडाले भौतिक निर्माणले गति लिएका आयोजनामा अब रकमान्तर गरेर भए पनि रकम जोहो गरिने बताएको खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।