१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

राजधानी मै पुगेनन् किताब, विद्यार्थी रित्तो हात फर्किदै

राजधानी मै पुगेनन् किताब, विद्यार्थी रित्तो हात फर्किदै
अ अ+ अ-

काठमाडौ । अधिकाँश सामुदायिक विद्यालयले पाठ्यपुस्तक खरिद गर्न अझैसम्म रकम प्राप्त गर्न सकेका छैनन्। सरकारले वैशाख २ गतेबाट नयाँ विद्यार्थी भर्ना अभियान थालेको छ।

विद्यार्थी भर्ना भएकै दिन निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने नीति सरकारले लिएको छ। नयाँ भर्ना हुन विद्यार्थी बडो उत्साहका साथ विद्यालयमा पुग्ने गरेका छन्। भर्नापछि उनीहरू रित्तो हात विद्यालयबाट बाहिरिनुपरेको छ। विगतमा साविकको शिक्षा विभागले साविकको जिल्ला शिक्षा कार्यालयमार्फत् विद्यालयको खातामा रकम जम्मा गरिदिने प्रचलन थियो । अब अर्थ मन्त्रालयले स्थानीय तहमार्फत् विद्यालयको खातामा पाठ्यपुस्तक वापतको रकम जम्मा गरिदिने व्यवस्था छ।

विद्यालयले पाठ्यपुस्तक खरिद गरी भर्ना हुन आएका विद्यार्थीलाई सोही दिन नयाँ पाठ्यपुस्तक दिने नीति छ। कर्मचारी समायोजन ढिला हुँदा कतिपय स्थानीय तहमा कर्मचारी पुगेका छैनन् भने कतिपयमा भर्खरै पुगेका छन्। नयाँ कर्मचारी अलमलमा हुँदा विद्यालयमा पाठ्यपुस्तक वापतको रकम पठाइएको छैन।

ललितपुरको ज्यामिरेकोटस्थित विश्वमित्र गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक ठाकुरप्रसाद उपाध्यायले अझैसम्म विद्यालयको खातामा रकम जम्मा नभएको गुनासो गरे। ‘विगतमा चैत महिनमै रकम आइसक्थ्यो’ उनले भने, ‘अहिलेसम्म रकम आएको छैन। आएका विद्यार्थीलाई रित्तो हात सकभर नपठाउनुपरे हुन्थ्यो भनेर केही भए पनि निजी स्रोतबाट पाठ्यपुस्तक किनेर ल्याएका छौँ।’ कतिपय विद्यालयका पदाधिकारीले स्थानीय पुस्तक बिक्रेतासँग उधारोमा मागेर पाठ्यपुस्तक ल्याएका छन् भने कतिपयले रकमको पर्खाइमा पाठ्यपुस्तकको व्यवस्थापन गर्न सकेका छैनन्। तनहुँको भिमाद नगरपालिकाका शिक्षा प्रमुख नगेन्द्र पौडेलले आफू भर्खरै सरुवा भइ आएको बताउँदै अब छिटै विद्यालयको खातामा रकम पठाइदिने व्यवस्था गर्ने बताएको छ।

काठमाडौँ महानगरपालिकाका सबै विद्यालय पनि पाठ्यपुस्तक वापतको रकमको प्रतीक्षामा छन्। बल्खुस्थित जनविकास माध्यमिक विद्यालयका लेखापाल सुजन क्षेत्रीले पाठ्यपुस्तकको रकम अझैसम्म विद्यालयको बैङ्क खातामा जम्मा नभएको बताए। पुतलीसडकको पद्मोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक मीनाकुमारी कोइरालाले नजिकैको पसलसँग कुरा गरेर पछि सोधभर्ना दिने गरी उधारोमा पाठ्यपुस्तकको व्यवस्था गरिएको बताइन्।
काठमाडौँ महानगरपालिकाका शिक्षा विभाग प्रमुख निर्मला केसीले विद्यालयले विद्यार्थीसम्बन्धी तथ्याङ्क उपलब्ध नगराउँदा आफूहरूले पाठ्यपुस्तकवापतको रकम उपलब्ध गराउन नसकेको बताउँदै यो समस्या छिटै समाधान हुने बताए।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार गत वर्ष ६८ लाख सात हजार विद्यार्थी कक्षा १ देखि १० सम्म भर्ना भएका थिए। केन्द्रकाअनुसार करिब ५६ लाख विद्यार्थी सामुदायिक विद्यालयमा छन्। जनक शिक्षा सामग्री केन्द्रले दुई करोड १७ लाख थान पाठ्यपुस्तक छापेको छ। उता निजी क्षेत्रले कक्षा १ देखि ४ सम्म ९६ लाख थान पाठ्यपुस्तक छापेको खबर गोरखापत्र दैनिकमा छ।