१३ असार २०८३, शनिबार
,
Latest
हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘चेक बाउन्स’ उजुरी बढ्यो, ३ करोडसम्मका बाउन्स चेक



अ+ अ-

काठमाडौं । लेनदेन तथा घरायसी व्यवहार मिलाउन प्रदान गरिने बैंक तथा वित्तीय संस्थाको ‘चेक’ ठगीजन्य अपराधका लागि महत्वपूर्ण प्रमाण बन्ने गरेको छ ।

प्रहरीले चेक बाउन्स (अनादर) लाई बैंकिङ कसुर अन्तर्गत उच्च अदालतमा मुद्दा दर्ता गरी कानुनी कारबाही गरेसँगै तीन हजारदेखि तीन करोडसम्मका बाउन्स चेक बोकेर महानगरीय प्रहरी परिसर काठमाडौँमा उजुरी गर्न आउनेको सङ्ख्या बढेको छ ।

‘बिगतमा चेक बाउन्सको मुद्दालाई प्रहरीले घरायसी समस्याको रूपमा लिएर व्यावहारिक ढङ्गले छलफलबाट समाधान गर्दै आएको थियो,’ प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अशोक सिंहले थप्नुभयो, ‘अब त्यस्तो अवस्था नरहेपछि उजुरी गर्न आउनेको सङ्ख्या बढेको हो ।’

बैंकिङ कसुर अन्तर्गत ठगी मुद्दा दर्ताका लागि ‘चेक बाउन्स’ बलियो प्रमाण बनेको छ । काठमाडौंँ उपत्यकामा हुने विभिन्न किसिमका ठगीजन्य अपराधमध्ये चेक बाउन्ससम्बद्ध ठगी मुद्दाको सङ्ख्या अधिक रहेको छ । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।