१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

बन्द हड्ताल नगर्न राखेपको अपिल

बन्द हड्ताल नगर्न राखेपको अपिल
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्रभाव पर्ने गरी बन्द र हड्तालका कार्यक्रम नगर्न सम्बद्ध सबैसँग अपिल गरेको छ।

राखेपका सदस्यसचिव केशवकुमार विष्टले मंगलबार अपिल जारी गरी प्रतियोगिताबाट खेलाडी राष्ट्रिय टिममा छनोट हुने अवसर पाउने र यसै वर्ष हुने १३ औं दक्षिण एशियाली खेलकुद ९साग० को छनोटका रुपमा प्रतियोगिता रहेको हुँदा हजारौं खेलाडीको खेल्न पाउने अधिकारलाई अवरोध नगर्न आग्रह गरेको हो।

विभिन्न जिल्लाबाट खेलाडी आउने क्रम जारी रहेको भन्दै अपिलमा भनिएको छ, ‘बन्द र हड्तालका कुनै पनि कार्यक्रम नगरिदिन हामी सबैलाई हार्दिक अपिल गर्दछौं। यदि पूर्वनिर्धारित कार्यक्रम भए फिर्ता लिइ खेलाडीको मनोभावनालाई कदर गरिदिनहुन पनि हामी अपिल गर्दछौं। आठौं सफल बनाउने दायित्व हामी सबैको हो।’

आठौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन वैशाख ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ।

उद्घाटन अघि आठौंका १४ खेल आयोजना गरिएका छन्। २५ खेल बैशाख ५ देखि ११ गतेको अवधिमा सम्पन्न हुने अपिलमा उल्लेख छ। आठौं राष्ट्रिय खेलकुदमा ३५ खेल समावेश छन्।

दुई हजार आठ सय २५ पुरुष तथा दुई हजार तीन सय ८६ महिला खेलाडी सहभागी छन्। खेलाडी, प्रशिक्षक, व्यवस्थापक, प्राविधिकगरी करिब दश हजार जनाको प्रत्यक्ष सहभागी हुनेछन्।‘ अन्नपूर्णबाट ।