• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo

नेपाल समाचारपत्र दैनिकका प्रधान सम्पादक श्रेष्ठको निधन



काठमाडौं । कामना न्युज पब्लिकेसनद्वारा प्रकाशित नेपाल समाचारपत्र दैनिकका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ । श्रेष्ठको थापाथलीमा रहेको नर्भिक हस्पिटलमा उपचारका क्रममा बुधबार बिहान ११ निधन भएको हो ।

करिब चार महिनाअघि राजधानीको बयोधामा नाकको र ब्लुक्रसमा मिर्गौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो । त्यस बेलासम्म उनको स्वास्थ्य स्थिति सामान्य रहे पनि मिर्गौलाको पत्थरीको शल्यक्रिया पश्चात उनमा विभिन्न स्वास्थ्य समस्या देखा पर्दै गएको थियो ।

स्वास्थ्य स्थितिमा समस्या बढ्दै गएका कारण उनलाई थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचारार्थ भर्ना गरियो ।

पछिल्लो समय चिकित्सकले उनमा Guillain-Barre syndrome (GBS) Virus (जीबीएस भाइरस)को संक्रमण भएको आशंका गरिएको थियो । श्रेष्ठको पार्थिव शरीरको अन्त्येष्टी दिउँसो ३ बजे पशुपति आर्यघाटमा गरिने पारिवारिक स्रोतले जनाएको छ ।