२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
विश्वकप उद्घाटनसँगै विवाद सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको घोषणा : कार्यक्रममा आसन र भाषणलाई छरितो बनाउने, उद्घाटनमा वरपिपलमा पानी हाल्ने



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रदेखि टोलसम्म पार्टीले आयोजना गर्ने कार्यक्रममा आसन ग्रहण र भाषणलाई छरितो बनाउने भएको छ । त्यस्तै वरपिपल, समी वा यस्तै बिरुवामा पानी राखेर कार्यक्रम उद्घाटन गर्ने पनि भएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार कार्यक्रममा धेरै नेतालाई आसनग्रहण गराउने र बोल्न दिएर समय खर्च भएको भन्दै उक्त योजना ल्याउन लागेको बताए ।

राष्ट्रिय जनजागरण अभियान वैशाख ११ गतेदेखि सुरु हुन्छ, प्रवक्ता शर्माले भने, हामीले आसनग्रहण र भाषणलाई छरितो बनाउने काम व्यवहारमा लागू गर्छै ।

कांग्रेसले अब कार्यक्रममा कार्यक्रमका सभापति र प्रमुख वक्ता र सामूहिक आसनग्रहण गराउनेछ।

कांग्रेसले लोकतन्त्र दिवसबाट ‘पहाड, तराई–मधेस नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान सुरु गर्नेछ । वैशाख ११ देखी पहिलो चरणमा राष्ट्रिय जनजागरण अभियान ७७ जिल्लामा एक महिना चलाउने छ ।

सबै जिल्ला, क्षेत्र, गाउँरनगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान २०७६ सालभरि तीन चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा वैशाख ११ गते सुरु भई जेठ ११ गतेसम्म एक महिना सञ्चालन हुनेछ ।

यसैगरी, दोस्रो चरणमा भदौ २४ गते बीपी जयन्तीका दिन सुरु गरेर असोज ७ गतेसम्म १५ दिन सञ्चालन हुनेछ । तेस्रो चरणमा पुस ७ गते सुरु गरी पुस १६ गते मेलमिलाप दिवसमा समापन गरिने कार्यतालिका सार्वजनिक गरिएको छ ।

राष्ट्रिय जागरण अभियानमा पहिलो चरणमा ७७ जिल्लामा, दोस्रो चरणमा ३३० वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा र अन्तिममा ७५३ वटै स्थानीय तहमा कार्यक्रम गरिने जानकारी काँग्रेसले दिएको छ ।