६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युतीय कारोवार ऐन खारेजीको माग गर्दै माइतीघरमा विरोध प्रदर्शन



अ+ अ-

काठमाडौं । विद्युतीय कारोबार खारेजी तथा पत्रकार समाचार प्रकासन गरेको विषयलाई जोडेर प्रहरीले पत्रकार पक्राउ गरेको भन्दै अनलाइन पत्रकार संघले विरोध प्रदर्शन गरेको छ ।

अनलाइन पत्रकार संघले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । अनलाइन संघले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को खारेजी एवम् अर्जुन गिरीसहितका पक्राउ गरिएका पत्रकारको विनाशर्त रिहाईको माग गर्दै आएको छ ।

अनलाइन संचार माध्यममा प्रकाशित समाचारलाई प्रहरीले विद्युतीय कारोबार ऐन अनुसार पक्राउन गर्न नमिल्ने पत्रकारिता क्षेत्रसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधिले बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले उक्त दफाले पत्रकारलाई संविधान प्रदत्त अधिकार प्रयोग गर्न अवरोध सिर्जना गरेकोले सो दफा नै खारेज गर्नुको विकल्प नभएको बताए ।

प्रेस युनियनका सल्लाहकार शिव लम्सालले पत्रकारमाथिको गैरकानुनी पक्राउ र धरपकड विरुद्ध देशव्यापी आन्दोलनको विकल्प नभएको बताए ।

ताण्डवन्यूजडटकम तथा ताण्डव साप्ताहिकमा प्रकाशन गरेको समाचारको विषयलाई लिएर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले पक्राउ गरेका छ ।