२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ विश्वकप उद्घाटनसँगै विवाद सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युतीय कारोवार ऐन खारेजीको माग गर्दै माइतीघरमा विरोध प्रदर्शन



अ+ अ-

काठमाडौं । विद्युतीय कारोबार खारेजी तथा पत्रकार समाचार प्रकासन गरेको विषयलाई जोडेर प्रहरीले पत्रकार पक्राउ गरेको भन्दै अनलाइन पत्रकार संघले विरोध प्रदर्शन गरेको छ ।

अनलाइन पत्रकार संघले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । अनलाइन संघले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को खारेजी एवम् अर्जुन गिरीसहितका पक्राउ गरिएका पत्रकारको विनाशर्त रिहाईको माग गर्दै आएको छ ।

अनलाइन संचार माध्यममा प्रकाशित समाचारलाई प्रहरीले विद्युतीय कारोबार ऐन अनुसार पक्राउन गर्न नमिल्ने पत्रकारिता क्षेत्रसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधिले बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले उक्त दफाले पत्रकारलाई संविधान प्रदत्त अधिकार प्रयोग गर्न अवरोध सिर्जना गरेकोले सो दफा नै खारेज गर्नुको विकल्प नभएको बताए ।

प्रेस युनियनका सल्लाहकार शिव लम्सालले पत्रकारमाथिको गैरकानुनी पक्राउ र धरपकड विरुद्ध देशव्यापी आन्दोलनको विकल्प नभएको बताए ।

ताण्डवन्यूजडटकम तथा ताण्डव साप्ताहिकमा प्रकाशन गरेको समाचारको विषयलाई लिएर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले पक्राउ गरेका छ ।