२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल : कप्तान धोनीलाई आराम दिदाँ चेन्नई ६ विकेटले पराजित, हैदरावाद पाँचौ स्थानमा उक्लियो



अ+ अ-

काठमाडौं । सनराईजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) को ३३ औं खेलमाचेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ ।

१ सय ३३ रनको सामान्य लक्ष्य पाएको हैदरावादले १६.५ ओभरमा ४ विकेट गुमाउँदै पुरा गरेको हो । निर्धारित २० ओभरमा चेन्नईले ५ विकेट गुमाउदै १ सय ३२ रन बनाएको थियो ।

हैदरावादको राजीव गान्धी इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर फिल्डिंग पाएको हैदरावादको जितमा ओपनर जोनी बेयरस्ट्रो र डेविड वार्नर अर्ध शतक खेले । बेयरस्ट्रोले ४४ बलमा ३ चौका र ३ छक्कासहित ६१ रनमा अविजित रहे भने वार्नरले २५ बलमा १० चौका प्रहार गर्दै ५० रनमा छैटौं ओभरको चौथो बलमा दिपक चाहरले फाफ डु प्लेसिसबाट क्याच आउट गराएपछि आउट भए ।

चेन्नईका लागि ईमरान ताहिरले २,दिपक चाहर र करन शर्माले समान १ विकेट लिए ।

त्यस्तै चेन्नईका ओपनर फाफ डु प्लेसिसले ३१ बलमा ३ चौका र ३ छक्कासहित ४५ रन बनाए । अर्का ओपनर शेन वाटशनले २९ बलमा ४ चौका सहित ३१ रन बनाएर ९ औँ ओभरको पाचौँ बलमा सहवाज नदिमबाट बोल्ड आउट भए ।

हैदरावादका लागि राशिद खानले २,सहवाज नदीम,खलिल अहमद र विजय शंकरले समान एक विकेट लिए।

योसँगै ८ खेलमा ४जितेको हैदरावाद ८सहित पाँचौ स्थानमा उक्लिएको छ भने ९ खेलमा ७ जितेको चेन्नई १४ अंकसहित शीर्ष स्थान मै छ ।