६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल : कप्तान धोनीलाई आराम दिदाँ चेन्नई ६ विकेटले पराजित, हैदरावाद पाँचौ स्थानमा उक्लियो



अ+ अ-

काठमाडौं । सनराईजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) को ३३ औं खेलमाचेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ ।

१ सय ३३ रनको सामान्य लक्ष्य पाएको हैदरावादले १६.५ ओभरमा ४ विकेट गुमाउँदै पुरा गरेको हो । निर्धारित २० ओभरमा चेन्नईले ५ विकेट गुमाउदै १ सय ३२ रन बनाएको थियो ।

हैदरावादको राजीव गान्धी इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर फिल्डिंग पाएको हैदरावादको जितमा ओपनर जोनी बेयरस्ट्रो र डेविड वार्नर अर्ध शतक खेले । बेयरस्ट्रोले ४४ बलमा ३ चौका र ३ छक्कासहित ६१ रनमा अविजित रहे भने वार्नरले २५ बलमा १० चौका प्रहार गर्दै ५० रनमा छैटौं ओभरको चौथो बलमा दिपक चाहरले फाफ डु प्लेसिसबाट क्याच आउट गराएपछि आउट भए ।

चेन्नईका लागि ईमरान ताहिरले २,दिपक चाहर र करन शर्माले समान १ विकेट लिए ।

त्यस्तै चेन्नईका ओपनर फाफ डु प्लेसिसले ३१ बलमा ३ चौका र ३ छक्कासहित ४५ रन बनाए । अर्का ओपनर शेन वाटशनले २९ बलमा ४ चौका सहित ३१ रन बनाएर ९ औँ ओभरको पाचौँ बलमा सहवाज नदिमबाट बोल्ड आउट भए ।

हैदरावादका लागि राशिद खानले २,सहवाज नदीम,खलिल अहमद र विजय शंकरले समान एक विकेट लिए।

योसँगै ८ खेलमा ४जितेको हैदरावाद ८सहित पाँचौ स्थानमा उक्लिएको छ भने ९ खेलमा ७ जितेको चेन्नई १४ अंकसहित शीर्ष स्थान मै छ ।