
काठमाडौं । फ्रेन्च लिगको उपाधिको मुखमा रहेको पेरिस सेन्ट जर्मन (पीएसजी) नान्टेससँग ३–२ गोलले पराजितको भएको छ ।
बुधबार राति भएको खेलमा पीएसजीले १९ औँ मिनेटमा डानी आल्भेसको गोलमा अग्रता लिएको थियो । तर, २२ औँ मिनेटमा नान्टेसका डिएगो कार्लोसले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ४४ औँ मिनेटमा माजीद वारिसले नान्टेसलाई अगाडी बढाए ।
५२ औँ मिनेटमा पीएसजीका डानी आल्भेसको प्रहार आत्मघाती गोलमा परिणत भएको थियो । त्यसपछि दबाबमा देखिएको पीएसजीका लागि ८९ औँ मिनेटमा मेतेहान गुक्लुले गोल गरेपनि टोलोको हार टार्न सकेनन् ।
पीएसजीले नान्टेसविरुद्ध मुख्य खेलाडीलाई आराम दिएको थियो । प्रभावशाली खेलाडी केलियन एमबाप्पे, एन्जल डी मारियालगायत खेलाडीले विश्राम पाएका थिए ।
यस हारसँगै शीर्ष टोली पीएसजीको ३२ खेलबाट ८१ अंक छ ।दोस्रो स्थानमा रहेको लिलेको ६४ अंक छ ।पीएसजीलाई हराएको नान्टेस ३७ अंक सहित १४ औँ स्थानमा छ ।









