२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार भियतनाममा पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गुबाट सङ्क्रमित उच्च मुद्रास्फीतिका बाबजुद बङ्गलादेश महत्वाकाङ्क्षी वृद्धिका लागि आशावादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेयमार बिनाको पीएसजी कमजोर हुँदै, नान्टेससँग लज्जास्पद हार



अ+ अ-

काठमाडौं । फ्रेन्च लिगको उपाधिको मुखमा रहेको पेरिस सेन्ट जर्मन (पीएसजी) नान्टेससँग ३–२ गोलले पराजितको भएको छ ।

बुधबार राति भएको खेलमा पीएसजीले १९ औँ मिनेटमा डानी आल्भेसको गोलमा अग्रता लिएको थियो । तर, २२ औँ मिनेटमा नान्टेसका डिएगो कार्लोसले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ४४ औँ मिनेटमा माजीद वारिसले नान्टेसलाई अगाडी बढाए ।

५२ औँ मिनेटमा पीएसजीका डानी आल्भेसको प्रहार आत्मघाती गोलमा परिणत भएको थियो । त्यसपछि दबाबमा देखिएको पीएसजीका लागि ८९ औँ मिनेटमा मेतेहान गुक्लुले गोल गरेपनि टोलोको हार टार्न सकेनन् ।

पीएसजीले नान्टेसविरुद्ध मुख्य खेलाडीलाई आराम दिएको थियो । प्रभावशाली खेलाडी केलियन एमबाप्पे, एन्जल डी मारियालगायत खेलाडीले विश्राम पाएका थिए ।

यस हारसँगै शीर्ष टोली पीएसजीको ३२ खेलबाट ८१ अंक छ ।दोस्रो स्थानमा रहेको लिलेको ६४ अंक छ ।पीएसजीलाई हराएको नान्टेस ३७ अंक सहित १४ औँ स्थानमा छ ।