२७ मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु



अ+ अ-

भोजपुर । अनियन्त्रित भएर ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

भोजपुरको दक्षिणी हतुवागढी गाउँपालिका– ९, हसनपुर ज्यामिरेमा बिहीबार साँझ को २ त ८७१४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सोही ठाउँ निवासी ३७ वर्षीया शान्ति मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रयाक्टर सडकबाट करिब ४० मिटर तल खसेको छ ।प्रहरीले चालक मेघराज राईलाई नियन्त्रणमा लिएको छ ।